Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउन सुरु

    रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउन सुरु

    अनलाइन नेपाल
  • बिहिबार, १० कार्तिक २०७९
  • 825
    SHARES

    काठमाडौं । दिदी-बहिनी नहुनेलाई काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउन सुरु भएको छ ।

    बिहीबार बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दिदी–बहिनी नहुनेलाई भाइटीका लगाउन सुरु गरिएको हो ।



    दिदी–बहिनी नहुनेका लागि आजैका दिन बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ ।



    दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।

    अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका अनुसार यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार