Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • कता फर्केर लगाउने भाइटीका ?

    कता फर्केर लगाउने भाइटीका ?

    अनलाइन नेपाल
  • बुधबार, २९ कार्तिक २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । आज यमपञ्चकको अन्तिम दिन अर्थात भाइटीका । यस वर्ष भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा परेको छ।

    दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर आज भाइटीका पर्व मनाइँदैछ ।



    भाइटीका लगाउँदा कता फर्केर टीका लगाइमाग्ने ?, दिदीबहिनी कुन दिशातर्फ फर्केर टीका लगाइदिने भन्ने सबैको चासोको विषय हुन्छ ।



    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीका अनुसार यो वर्षको भाइटीकामा टीका लगाइ माग्ने दाजुभाइ पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व फर्कनु पर्दछ ।

    नेपाली समाजमा कात्तिक शुक्ल द्वितीयामा दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु,आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरंगी टीका लगाइदिने चलन छ । भाइटीका दिनभर लगाउन मिल्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार