Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • छठपर्व विधिवतरुपमा सुरु, आज ‘नहाय–खाय’

    छठपर्व विधिवतरुपमा सुरु, आज ‘नहाय–खाय’

    अनलाइन नेपाल
  • शुक्रबार, ११ कार्तिक २०७९
  • 1.3K
    SHARES

    जनकपुरधाम । तराई-मधेशमा श्रद्धा र नियम निष्ठापूर्वक मनाइने छठ शुक्रबारबाट विधिवत रुपमा सुरु भएको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन सम्मा मनाइने छठ पर्वको पहिलो दिन शुक्रबार ‘नहाय खाय’ विधिसँगै विधिवत रुपमा छठ प्रारम्भ भएको हो।

    पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन् । ‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ । कात्तिक शुक्ल त्रितीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधिबाट पर्व सुरु गर्ने चलन छ ।



    यसपालि तिथिको घटबढले आज तृतीया र चौथी तिथि दुवैको भोग पर्नाले मिथिलाको लोकपर्व छठ आज सुरु भएको हो । निरामिष (सात्विक) भोजन सुरु गरेर व्रत विधि सुरु हुने परम्परा छ । छठले गर्दा मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदैछन् ।



    पोखरी, ईनार, तलाउ, नदी, आदि ठाउँहरुमा टेन्ट फूलमालाले सजाइएको घाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई सूर्यलाई अघ दिएपछि यो पर्व सम्पन्न हुने परम्परा रहेको छ। बिहानको उदाउँदो सूर्यलाई दिइने अघलाई ‘भोरका अर्घ’ भनिन्छ।

    मिथिलामा यसपटक आइतबार छठ व्रत (सझुका अरख) र सोमबार बिहान पारन (समापन, भोरका अरख) सम्पन्न गरिनेछ। मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब राष्ट्रिय पर्व नै बनिसकेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार