Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रपति भण्डारीद्वारा सूर्यलाई अर्घ दिएर कमलपोखरीमा छठ पूजा

    राष्ट्रपति भण्डारीद्वारा सूर्यलाई अर्घ दिएर कमलपोखरीमा छठ पूजा

    अनलाइन नेपाल
  • बुधबार, २४ कार्तिक २०७८
  • 1.3K
    SHARES

    राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार कमलपोखरीमा छठको पुजा आरधना गर्दै

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा आज अपराह्न काठमाडौँको कमलपोखरी पुगेर सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरेकी छिन्।

    काठमाडौँ महानगरपालिकाद्वारा आयोजित छठ पूजा समारोहमा सरिक भएकी राष्ट्रपति भण्डारीले छठीमाईको समेत दर्शन गरिन् ।



    काठमाडौँ महानगरपालिका–१ का अध्यक्ष भरतलाल श्रेष्ठले आज राष्ट्रपति भण्डारीबाट पूजाअर्चनाबाहेकका अन्य कार्यक्रम यसपटक नगरिएको जानकारी दिए ।



    छठ पर्वका अवसरमा  राष्ट्रप्रमुखबाट नियमितजसो नै कमलपोखरीको भ्रमण गरी पूजाअर्चना हुने गरेको छ । छठ पर्वका लागि कमलपोखरीलाई झकिझकाउ पारिएको छ।

    अहिले अस्ताउँदो सूर्यलाई अर्घ  दिने व्रतालुको ठूलो भीड रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार