Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपाली कांग्रेसद्धारा चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले आज सङ्कल्प पत्र सार्वजनिक गरेको छ। सभापति शेरबहादुर द‍ेउवाले पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवनमा सङ्कल्प पत्र सार्वजनिक गरेका हुन्।

तिहार अगाडि नै संकल्प पत्र सार्वजनिक गर्ने तयारी गरेपनि अन्तिम समयमा सूचना निकालेर स्थगित भएको थियो । कांग्रेसले माओवादी केन्द्र, लोसपा, नेकपा एस, राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको छ।

कांग्रेसले संविधानको रक्षा, स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार नारा तय गरेको छ। १६५ निर्वाचन क्षेत्र र ३३० प्रदेश सदस्यका लागि मंसिर ४ गते निर्वाचन हुँदैछ।

‘संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ नारा रहेको घोषणापत्र महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय समितिले तयार पारेको हो ।

अर्थशास्त्री तथा योजना आयोगका पूर्व उपाध्यक्षहरू डा. स्वर्णिम वाग्ले, डा. गोविन्द पोखरेल, शिक्षााविद् डा. कृष्णप्रसाद पौडेल, राजनीतिक विश्लेषक तथा वैदेशिक मामिला जानकार गेजा शर्मा वाग्ले, शंकर तिवारीलगायत कांग्रेस नेताहरुले घोषणापत्र लेखेका हुन् ।

घोषणापत्रबारे जानकारी दिँदै महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रको ‘थिम’ निरन्तरतामा नवीनता रहेको भन्दै घोषणापत्र निर्माणमा सबै समुदाय र उमेर समूहको तथा विज्ञहरुको सहभागिता रहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077