Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेसको घोषणापत्र : महिलालाई गुणस्तरीय स्यानिटरी प्याडको व्यवस्था गर्ने

काठमाडौं । नेपाली कांग्रेसले सबै महिलालाई गुणस्तरीय स्यानिटरी प्याडको व्यवस्था गर्ने एजेण्डा अघि सारेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कांग्रेसले शनिवार जारी गरेको चुनावी घोषणा पत्रमार्फत यो प्रतिबद्धता व्यक्त गरेको हो ।

साथै ६५ वर्षमाथिका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अति विपन्न, अति अशक्त, एकल महिला, महिला तथा स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क बीमा गरिने बताएको छ ।

हरेक स्थानीय तहमा सुविधा सम्पन्न एम्बुलेन्स व्यवस्था गरी राष्ट्रिय एम्बुलेन्सको सञ्जाल बनाइने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077