Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पिकनिक खान गएका दुई जना भेरी नदीमा बेपत्ता

वीरेन्द्रनगर । वीरेन्द्रनगरबाट पिकनिक खान गएका दुई जना भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा वीरेन्द्रनगर नगरपालिका–३ का १९ वर्षीय दीपक थापा र १९ वर्षीय चन्द्र बिसी छवि रहेका छन् ।

उनीहरू शनिबार दिउँसो ३ बजेदेखि भेरी नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उनीहरूको समूह भेरीगंगा नगरपालिकाको सत्तरी नजिकै पिकनिक खान गएका थिए ।

उनीहरूको खोजी कार्यका लागि प्रहरी खटिएको र अहिलेसम्म कुनै अत्तोपत्तो नलागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077