Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • निर्वाचन आयोगले सोध्यो सूर्य थापालाई स्पष्टीकरण

    निर्वाचन आयोगले सोध्यो सूर्य थापालाई स्पष्टीकरण

    अनलाइन नेपाल
  • शनिबार, १२ कार्तिक २०७९
  • 714
    SHARES

    फाइल फोटो

    काठमाडौं । निर्वाचन आयोगले नेकपा एमालेका सूर्य बहादुर थापालाई स्पष्टीकरण सोधेको छ ।

    प्यूठानबाट उम्मेदवार रहेका थापाले चुनावी प्रचार प्रसारमा बालबालिका प्रयोग गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।



    निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने व्यवस्था रहेपनि उम्मेदवार थापाले आफ्नो



    निर्वाचन प्रचारप्रसारको लागि बालबालिकाको प्रयोग गरेको कार्य निर्वाचन आचारसंहिता प्रतिकूल रहेको ठहर आयोगले गरेको छ ।

    उनलाई २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय प्युठानमा जवाफ प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार