Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रचण्डले भने - गोरखा आउदा रिल्याक्स फिल गरेको छु

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा आउन पाएकोमा आफुले गौरवान्वित महशुस गरेको बताएका छन् ।

आइतबार बिहान गोरखाको भच्चेकमा आयोजित कार्यक्रममा मतदाताहरूलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले भने, ‘यहाँ आउदा रिल्याक्स फिल गरेको छु, यस्तो निर्वाचन पहिलो पटक हुदैछ ।’ उनले एउटा निश्चित सपना बोकेर आफु गोरखा आएको पनि बताए ।

राजनीतिक परिवर्तन र क्रान्ति धेरै भएपनि जनताको जीवनमा परिवर्तन, सुशासन र विकासले गति नलिँदा परिवर्तनको औचित्य सिद्ध गर्ने प्रयास भनेजसरी नभएको भन्दै उनले सोही कारण आफु आएको बताए ।

राजनीतिक परिवर्तन र क्रान्ति धेरै भएपनि जनताको परिवर्तन सुशासन र विकासले गति लिएर परिवर्तनको औचित्य सिद्ध गर्ने कुरा भनेको जस्तो नभएको उनले स्वीकारे ।

भौतिक पूर्वाधार, सडक सञ्जाल गोरखामा आफ्नो प्राथमिकता भएको भन्दै प्रचण्डले विकास र समृद्धिको यात्रा गोरखाबाट सुरू गरेर संसारभरलाई देखाउने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077