Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • दार्चुला घटनालाई लिएर परराष्ट्र मन्त्रालयले पठायो भारतलाई कूटनीतिक नोट

    दार्चुला घटनालाई लिएर परराष्ट्र मन्त्रालयले पठायो भारतलाई कूटनीतिक नोट

    अनलाइन नेपाल
  • आइतबार, १३ कार्तिक २०७९
  • 747
    SHARES

    काठमाडौं । दार्चुला घटनाबारे ध्यानाकर्षण गराउँदै परराष्ट्र मन्त्रालयले भारत सरकारलाई ‘कूटनीतिक नोट’ पठाएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत परराष्ट्र मन्त्रालयले आइतबार भारतलाई कूटनीतिक नोट पठाएको हो ।

    महाकाली नदीपारि तावाघाट–लिपुलेकमा सडक निर्माणका क्रममा भारतीय पक्षले विस्फोट गराउँदा दार्चुलामा नेपाली बालकको मृत्यु भएको थियो ।



    भारततर्फ पूर्वाधार निर्माणका काम अघि बढाउँदा नेपालका सीमावर्ती स्थानीय संयन्त्रसँग प्रभावकारी रूपमा समन्वय गर्न, त्यस्ता कार्य गर्दा विशेष सावधानी अपनाउन र मृतकका परिवारलाई उचित क्षतिपूर्ति र राहत दिनका लागि ध्यानाकर्षण गराइएको मन्त्रालयले जनाएको छ ।



    गृह मन्त्रालयले घटनाबारे परराष्ट्रमा पठाएको स्थलगत प्रतिवेदनका आधारमा भारत सरकारलाई ‘कूटनीतिक नोट’ पठाइएको हो ।

    घटनाबारे नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतको विदेश मन्त्रालयलाई ध्यानाकर्षण गराउने भएको छ। भारतले उक्त घटनामा गल्ती स्वीकार गरिसकेको छ ।

    कम्पनीले पीडित परिवारलाई १० लाख भारु क्षतिपूर्ति समेत दिइसकेको छ । महाकाली नदीपारि भारतले तावाघाट–लिपुलेक सडक फराकिलो गर्ने क्रममा गर्ग एन्ड गर्ग कम्पनीले विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर व्यास गाउँपालिका–२ दुम्लिङका १२ वर्षीय बालक पवन महराको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार