Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सामाजिक सञ्जालमा चलिरहेको ‘नो नट अगेन’ अभियानको अर्थ छैन : प्रचण्ड

गोरखा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सामाजिक सञ्जालमा चलिरहेको ‘नो नट अगेन’ अभियानलाई पानीको फोकाको संज्ञा दिँदै त्यसको अर्थ नभएको बताएका छन् ।

चुनावी प्रचारप्रसारको क्रममा मतदाता भेटघाटको क्रममा गोरखाको भच्चेकमा रहेका अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले दलको विकल्पको रुपमा उभिएका स्वतन्त्र उम्मेदवार र वर्षौंदेखि देशको राजकाज चलाइरहेका नेताहरुलाई नदोहोर्याउन अपील गरे।

दाहालले भने, ‘तर पनि स्थानीय तहको चुनावमा र अहिले पनि स्वतन्त्र भनेर पार्टीहरूलाई बदनाम गर्ने, पार्टी नेतृत्वलाई बदनाम गर्ने, जसले इतिहास निर्माणमा, ठूल्ठुला युगान्तकारी परिवतर्नमा

असाधारण भूमिका खेले उनीहरुलाई गाली गरेर हिँड्ने प्रवृत्ति कदापी राम्रो होइन । मैले हेर्दाखेरि यो झण्डै झण्डै पानीको फोका जस्तो हो।’

गोरखाको प्रतिनिधिसभा–२ का उम्मेदवार दाहाल यतिबेला मतदाता भेटघाट कार्यक्रममा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077