Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चुनावी कार्यक्रममा सहभागी कांग्रेस नेता कोइराला बेहोस

काठमाडौं । नेपाली कांग्रेस नेता शशांक कोइराला बेहोस भएका छन् ।

कोइराला नवलपुरको अमरापुरीमा आइतबार आयोजित चुनावी कार्यक्रममा सहभागी हुँदै गर्दा बेहोस भएका हुन् ।

कोइरालालाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।
कोइरालाको होस फर्किसकेको र अवस्था सामान्य रहेको बताइएको छ ।

आगामी मंसिर ४ गतेको चुनावका लागि कोइराला नवलपुर क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077