Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रवि लामिछानेलाई धक्का, लुम्बिनी अध्यक्ष ज्ञवाली एमालेमा फर्किए

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी अध्यक्ष सुजन ज्ञवालीले पार्टी परित्याग गरेका छन् ।

उनी स्वतन्त्र पार्टी छाडेर आफ्नो पुरानै पार्टी नेकपा एमालेमा फर्किएका हुन् ।

उनले केही समयअघि एमाले छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । उनले एक विज्ञप्ति निकाल्दै भ्रामक मौसमी हावाको झोक्काले आफूलाई छोएको बताएका छन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व भ्रम रहेछ भन्दै विज्ञप्तिमा आफू एमालेमा नै फर्किएको उल्लेख गरेका छन् । ज्ञवालीले नेकपा एमाले र अनेरास्ववियूको विभिन्न जिम्मेवारीमा काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077