काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
जसकारण पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका पहाडी भू–भागका केही स्थान बाहेक बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। पछिल्लो समय न्यूनतम तापक्रममा सुधार आउँदा चिसो बढेको छ ।