Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

प्रचण्डसँग प्रतिष्पर्धामा उत्रिएका टीकादत्तले मनाए १०० औं जन्मदिन

गोरखा । मंसिर ४ मा हुने चुनावका लागि गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ  उम्मेदवारी दिएका टीकादत्त पोखरेल आज १०० वर्ष पुगेका छन्।

गत असोज २३ मा उम्मेदवारी दर्ता गर्दा उनी ९९ वर्षका थिए। टीकादत्त १०० वर्ष पुगेको अवसरमा उनको घर गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ४ माझगाउँबेशीमा आज उनलाई जन्मदिनको शुभकामना दिन गाउँलेहरू जमघट भएका थिए।

उनका तीन छोरा र चार छोरीहरु छन् ।

जन्मोत्सव समारोहमा संक्षिप्त बोल्दै उनले अहिलेका नेताहरुले देशलाई लुटेर आफूले कमाएका, सहिदको सपनालाई लत्याएका, सबै काम विदेशीको इशारामा गरेको आरोप लगाए।

नेपाली सेनाको जागिर त्यागेर २००४ सालमा मुक्तिसेनामा भर्ती भई राणा शासन अन्त्यका लागि लडाइ गरेको प्रसंगको पनि स्मरण गरेका थिए ।

उनी नेपाली कांग्रेस (बिपी) बाट उम्मेदवार भएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077