Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सलोन बस्नेतको फिल्म 'मीलन' मंसिर ९ मा रिलिज हुने

काठमाडौं । प्रेमकथामा निर्माण भएको फिल्म 'मीलन'को प्रदर्शन मिति परिवर्तन भएको छ।

कार्तिक १८ गतेदेखि प्रदर्शन हुने भनिएको फिल्म अब मंसिर ९ गतेबाट प्रदर्शन हुने भएकाे हाे।

केही समयअघि ‘मीलन’को प्रेम र बिछोडले भरिएको ट्रेलर सार्वजनिक गरिएको थियो।

फिल्ममा अभिनेता सलोन बस्नेत, कुशल शाह ठकुरी र अभिनेत्री शिल्पा थापाको मुख्य भूमिका छ। यसै फिल्मबाट कुशल र शिल्पाले डेब्यु गर्दैछन्।

फिल्ममा सुमिन गुरुङ, शिशिर बांग्देल, विशाल पहाडी, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगरलगायत कलाकारको अभिनय छ। प्रविन थापा फिल्मका निर्माता हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077