Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपाद्वारा ‘नेपाल बन्द’ नगर्ने प्रतिवद्धता

काठमाडौं । राप्रपाले कहिल्यै नेपाल बन्द नगर्ने घोषणा गरेको छ।

सोमबार आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन घोषणापत्र जारी गर्दै राप्रपाले नेपाल बन्द नगर्ने प्रतिवद्धता जनाएको हो।

घोषणापत्रको एक उपशीर्षकमा भनिएको छ, ‘राप्रपाले ‘नेपाल बन्द’ कहिल्यै गर्ने छैन : नेपाल बन्द सधैंका लागि बन्द’

साथै, स्वास्थ्य, हवाई, खानेपानी, विद्युत, ग्यास तथा पेट्रोलियम पदार्थ ढुवानी तथा वितरण लगायत बिभिन्न औद्योगिक क्षेत्रमा हड्ताल गर्न पूर्णरुपमा प्रतिवन्ध लगाइने पनि राप्रपाले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077