Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बिदापछिको खुलेको सेयर बजार दोहोरो अंकले बढ्यो

काठमाडौँ । सेयर बजारमा दोहोरो अंकको वृद्धि आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार सेयर बजार परिसूचक नेप्से १६.३९ अंकले बढ्दै १८७४.८७ अंकमा उक्लिएको हो ।

यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.९३ अंकले बढ्दै ३७०.८६ अंकमा उक्लिएको छ ।

आज डेभलपमेन्ट बैंक समूहको उपसूचक बाहेक अन्य १२ वटा उपसूचक धनात्मक भएका छन् । आज होटल तथा पर्यटन समूहको उपसूचक सबैभन्दा बढी १.६५ प्रतिशतले बढेको छ भने बैंकिङ समूहको उपसूचक १.५२ प्रतिशतले, ट्रेडिङ समूह १.१४ प्रतिशतले बढेको छ । अन्य समूहको उपसूचक १.५९ प्रतिशतले बढेको छ ।

नेप्से सूचक १६ अंकमाथिले बढेको बजारमा आज कुल ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँ बराबरको २५ लाख ७४ हजार ९७५ कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077