Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति आजको आवश्यकता हो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति आजको आवश्यकता रहेको बताएका छन्।

चुनावी प्रतिवद्धता सार्वजनिक कार्यक्रममा बोल्दै प्रचण्डले जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आफूहरूको एजेण्डा रहेको बताएका हुन्।

उनले अहिलेको निर्वाचन प्रणाली भड्किलो र खर्चिलो रहेको बताए। प्रचण्डले उच्चस्तरीय सम्पत्ति छानविन आयोग गठन गर्नुपर्ने बताए राजनीतिक परीवर्तन भएपनि आर्थिक परिवर्तन हुन नसकेको उनले बताए। अबको मुख्य काम सुशासन र समृद्धि नै रहेको बताए।

आर्थिक समृद्धि र विकासमा अब आफू केन्द्रित हुने बताए। व्यापार घाटा नियन्त्रणका लागि व्यापार घाटा प्रतिष्ठान गरिने विषय घोषणापत्रमा समेटिएको बताए।

नेपाललाई सैन्य गठबन्धनबाट मुक्त गरी नेपाललाई शान्ति क्षेत्रका रूपमा स्थापना गरिने बताए।

संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रीमण्डल रहने व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077