Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

गोरखा क्षेत्र नम्बर दुईमा मेरो जीत पक्का छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गोरखा क्षेत्र नम्बर दुईबाट आफ्नो जित पक्का भएको दाबी गरेका छन्।

पार्टीको प्रतिवद्धता पत्र सार्वजनिक गर्दै प्रचण्डले आर्थिक समृद्धिको नयाँ क्रान्ति फेरि सुरु गर्न आफू गोरखा गएको बताएका हुन्।

‘हिजो र अस्ति दुई दिनसम्म ४४ वटा सानासान भेटघाट कार्यक्रम सम्पन्न भए, जनतामा निकै ठूलो उत्साह देखेको छु ।

उनले भने, ‘निर्वाचन परिणाम त जनताको उत्साह देखेपछि त्यो सुनिश्चित छ भन्ने कुरामा द्विविधा नै छैन।’

आफू हार जितको हिसाब गरेर नभई जनक्रान्तिको तयारी र सुरुवात गरेको ठाउँ भएकाले गोरखा पुगेको स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077