Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

दिल्ली उडान गर्न नसकेपछि निगमले माग्यो माफी

काठमाडौं । दिल्ली उडान गर्न नसकेपछि नेपाल वायुसेवा निगमले माफी मागेको छ ।

उडान अनुमति नलिई दिल्ली र काठमाडौंमा ४ सय ५० जना यात्रु अलपत्र पार्ने गरी आइतबार भएको घटनामा निगमले माफी मागेको हो ।

निगमले आइतबारका लागि राखेको आरए-२१७र२१८ नम्बरको काठमाडौं–दिल्ली–काठमाडौं र सोमबार बिहान रद्ध गरेको आरए २०५–२०६ नम्बरको उडान विशेष कारणवश रद्ध गर्नुपरेको भन्दैयात्रुसँग माफी माग्दै विज्ञप्ति निकालेको छ ।

३० अक्टोबर २०२२ को काठमाडौं–दिल्ली–काठमाडौंको आरए २१७–२१८ र ३१ अक्टोबरको उडान नम्बर आरए २०५–२०६ विशेष कारणवश रद्ध भएकाले यात्रुवर्गमा पर्न गएको असुविधाप्रति निगम दुःख व्यक्त गर्दछ‚’ निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आगामी दिनमा यस्तो नहोस् भनी सचेत रहनेसमेत प्रतिबद्धता व्यक्त गर्दछौं ।’

त्यस्तै आगामी दिनमा यस्ता घटना नदोहोर्‍याउने प्रतिबद्धतासमेत जनाएको छ ।

यस्तो छ निगमको विज्ञप्ति : 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077