Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमालेको चुनावी घोषणापत्र भोलि आउने

काठमाडौं । नेकपा (एमाले) को चुनावी घोषणापत्र बुधबार सार्वजनिक गरिने भएको छ ।

भोलि दिउँसो साढे एक बजे होटल याक एन्ड यतीमा घोषणापत्र सार्वजनिक गर्ने तय भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।

घोषणापत्र सार्वजनिक गरिसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी कार्यक्रममा सहभागी हुने तयारी गरेका छन् । विभिन्न क्षेत्रमा हुने करिब ५५ वटा सभामा उनी सहभागी हुने तयारी गरेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपासहित केही दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077