Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

१८ वर्षीया किशोरीमाथि कुटपिट गरि बलात्कार गर्ने बुढा पक्राउ

बाँके । बाँकेकी १८ वर्षीया एक किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले सल्यानका एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीले बन्गाड कुपिन्डे नगरपालिका वडा नम्बर ३ का २० वर्षीय रेवन्त बुढालाई पक्राउ गरेको हो ।

बुढाले बाँकेकी किशोरीलाई बिहेको प्रलोभनमा सल्यान पुर्‍याएर जंगलमा बलात्कारपछि हत्याको प्रयास गरेको खुलेको छ।

गत शनिबार बाँके पुगेका बुढाले किशोरीलाई आफ्नो गाउँ हेर्न जाऔं भन्दै किशोरीलाई सल्यानतर्फ लगेका थिए।

उनले शनिबार मध्यरातमा जंगलमा लगेर किशोरीलाई बलात्कार गरेपछि हत्या गर्न खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077