Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माओवादी केन्द्रले भन्यो : नेपाली भूमि फिर्ताको लागि अविलम्ब कूटनीतिक पहल हुन्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी प्रतिनिधि तथा प्रदेशसभाको लागि चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

शासकीय स्वरुप, निर्वाचन प्रणाली र संघीय संरचना लगायत परिवर्तन गर्न संविधान संशोधनलाई जोड दिदैँ माओवादी केन्द्रले घोषणा पत्र सार्वजनिक गरेको हो ।

यस्तै चुनावी घोषणा पत्रमा माओवादी केन्द्रले कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतको अतिक्रमित नेपाली भूमि फिर्ताको लागि अविलम्ब कूटनीतिक पहल गर्ने उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय परिदृश्यको चर्चा गर्दै माओवादीले विभिन्न १४ बुँदामा पार्टीले अवलम्बन गर्ने परराष्ट्र नीतिका बारेमा स्पष्ट पारेको छ।

राष्ट्रिय सहमतिका साथ अतिक्रमित भूमि समेटिएको नक्सा सार्वजनिक भए पनि व्यवहारतः ती भूमि फिर्ता हुन सकेको छैन। ती भूमि फिर्ताका लागि कूटनीतिक पहल गर्ने विषयलाई माओवादीले प्रतिबद्धतापत्रमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077