Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • भीम रावल भन्छन् – निर्वाचन उम्मेदवारका सुकर्म र कुकर्मको लेखाजोखा गर्ने अवसर हो

    भीम रावल भन्छन् – निर्वाचन उम्मेदवारका सुकर्म र कुकर्मको लेखाजोखा गर्ने अवसर हो

    अनलाइन नेपाल
  • सोमबार, १४ कार्तिक २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले निर्वाचन भनेकै राजनीतिक दल र उम्मेदवारका सुकर्म र कुकर्मको गहन र व्यापक लेखाजोखा गरी असल वा सुपात्रलाई छान्ने अवसर भएको बताएका छन् ।

    सोमवार साँझ सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता रावलले यस्तो बताएका हुन् ।



    उनले दल र उम्मेदवारहरूले जनताको परीक्षणमा खरो उत्रिनु पर्ने बताए ।



    ‘निर्वाचन भनेकै राजनीतिक दल र उम्मेदवारका सुकर्म र कुकर्म एवं असल र खराब पक्ष वा कामको गहन र व्यापक लेखाजोखा गरी असल वा सुपात्रलाई छान्ने अवसर वा प्रक्रिया हो । दल र उम्मेदवारहरूले जनताको परीक्षणमा खरो उत्रिनुपर्छ । यो उद्देश्य जनताको मुख थुनेर हासिल हुँदैन । यद्यपि गालीगलौज अमान्य छ,’ उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार