Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

डा.तोसिमा र ‘नो नट अगेन’ सम्बन्धी रिट न्यायाधीश चुडालको एकल इजलासमा

काठमाडौं । निर्वाचन आयोगका पछिल्ला दुई निर्णयविरुद्ध दायर रिटको पेशी तोकिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासमा आयोगविरुद्धका दुवै रिट सुनुवाइ हुन लागेको हो।

फेसबुक पेज र ग्रुप ‘नो, नट अगेन’ माथि प्रतिबन्ध लगाउने निर्वाचन आयोगको निर्णयविरूद्ध परेको रिट पनि उनकै इजलासमा सुनुवाइ हुने भएको छ।

ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी चुनाव चिन्हबाट प्रतिनिधि सभा उम्मेदवार रहेकी डा.तोसिमा कार्की लाभको पदमा रहेको भन्दै आयोगले गत शनिबार उनको उम्मेदवारी खारेज गरिदिएको थियो।

उक्त निर्णयविरूद्ध कार्कीले सोमबार सर्वोच्चमा रिट दिएकी थिइन्। ‘नो, नट अगेन' क्याम्पियन चलाउने अभियान्ताहरूलाई कारबाही गर्ने निर्वाचन आयोगको निर्देशनविरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077