Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अनमोल केसीको फिल्म ‘छड्के २’ फागुन १९ मा रिलिज हुने

काठमाडौँ । अनमोल केसी अभिनित चलचित्र ‘छड्के–२’ले प्रदर्शन मिति घोषणा गरेको छ । चलचित्र आगामी फागुन १९ गतेदेखि प्रदर्शनमा आउने भएको हो ।

‘छड्के–२’को निर्माण टिमले मंगलवार पोष्टर सार्वजनिक गर्दै फागुन १९ गतेका लागि प्रदर्शन मिति घोषणा गरेको हो ।

यस मितिमा दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा–४’ पनि प्रदर्शनमा आउँदैछ ।

त्यस्तै, सुरज पाण्डे निर्देशित ‘परस्त्री’, लक्ष्मण सुनार निर्देशित ‘बुलाकी’ र मिलन चाम्स निर्देशित ‘वर एण्ड बधु’ले पनि फागुन १९ लाई यसअघि नै प्रदर्शन मिति तोकिसकेका छन् ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ग्याङस्टारको कथामा निर्माण भएको हो ।

प्रशान्त गिरी र देवकुमार श्रेष्ठको निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कूल र लक्ष्मण काफ्ले रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077