Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चुनावका लागि त्रिविले एकसाता बिदा दिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चुनावको समयमा जाडो बिदा समायोजन गर्ने गरी एकसाता बिदा दिने भएको छ।

आगामी ४ मंसिरमा हुने चुनावलाई लक्षित गरेर जाडो बिदा दिने विषयमा छलफल भएपछि यसले लामो समयसम्म प्रभाव पार्ने भएकाले एकसाता बिदा दिने भएको हो।

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँएसँगै कतिपय विद्यार्थी प्रचारप्रसारमा लागेका छन्। त्यस्ता विद्यार्थीहरूले चुनावको समयमै जाडो बिदा दिन आग्रह गरेका थिए भने प्राध्यापकहरूले जाडोको समयमै जाडो बिदा दिनुपर्ने अडान राखेका थिए।

प्रदेश र प्रतिनिधिसभा निर्वाचन ४ मंसिरमा हुँदै छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077