Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

१६ वर्षीया किशोरीमाथि जबर्जस्ती बलात्कार गर्ने एक जना पक्राउ

काठमाडौं । काठमाडौंमा १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जना युवक पक्राउ गरेको छ ।

चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ बस्ने २८ वर्षीय चन्दन महर्जनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

महर्जनले ती किशोरीलाई ललाई फकाई काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित गेस्ट हाउसमा लगेर विभिन्न मितिमा पटक पटक

जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनलाई मातातिर्थस्थित बौथली चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यता भक्तपुरमा १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने २२ वर्षीय रूपक खड्कालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

खड्काले ती बालिकालाई पटक पटक जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077