Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

ललितपुरमा श्रीमतीको हत्या गरेर शव झुण्ड्याउने श्रीमान् पक्राउ

काठमाडौं । ललितपुरमा श्रीमतीको हत्या गरेर शव झुण्ड्याएको आरोपमा श्रीमान् पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरले श्रीमान् २९ वर्षीय राम कुमाललाई हत्या आरोपमा पक्राउ गरेको हो ।

कात्तिक १२ गते दिउँसो साढे ५ बजेतिर गुल्मीको इस्मा गाउँपालिका–१ घर भइ ललितपुर नख्खुडोल, भैसेपाटी बस्ने २८ वर्षीया जमुना भनिने वसन्ती कुमाल मृत भेटिएकी थिइन्।

झुण्डिएको अवस्थामा मृत भेटिएको भनि सूचना आएपछि अनुसन्धानमा खटिएको प्रहरीले उनको मृत्यु संकास्पद देखिएको भन्दै थप अनुसन्धान अगाडि बढाएको थियो।

अनुसन्धानका क्रममा उनकै श्रीमान् कुमालले हत्या गरी शव झुण्डाएको पाइएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । जिल्ला अदालत ललितपुरबाट कर्तव्य ज्यानको कसुरमा म्याद लिएर उनीमाथि अनुसन्धान अघि बढाइएको प्हरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077