Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विप्लव नेतृत्वको नेकपाद्वारा चुनाव विथोल्ने घोषणा, चुनावमा भाग नलिन अपिल गर्ने

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव विथोल्ने निर्णय गरेको छ ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले चुनाव विरोधी प्रचारात्मक कार्यक्रम गर्ने र राज्यले दमन गरेमा उचित प्रतिरोध गर्ने घोषणा गरेको हो ।

सो पार्टीका अनुसार मंसिर ४ गतेको संघ र प्रदेशको निर्वाचनलाई पार्टीले सशक्त प्रकारले खारेज गर्ने निर्णय गरेको छ ।

खारेज अभियानलाई प्रभावकारी बनाउन देशव्यापी रुपमा चुनावको भण्डाफोर, वालिङ, पर्चा वितरण, जुलुस र सभाहरूको व्यापक आयोजना गर्ने नेकपाको निर्णय छ ।

यसबाहेक जनतालाई चुनावमा भाग नलिन अपिल गर्ने निर्णय समेत गरेको छ ।

कपिलवस्तुमा सम्पन्न महाधिवेशनको निर्णय सार्वजनिकसहितका पार्टीका नीतिका बारेमा जानकारी दिन विप्लव समूहले पत्रकार सम्मेलन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077