काठमाडौं । नेकपा एमालेले सबै प्रकारका भत्ता वृद्धि गर्ने घोषणा गरेको छ । एमालेले मंसिर ४ गते हुने आम निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै आर्थिक वृद्धिका आधारमा सबै प्रकारका भत्ता वृद्धि गर्ने घोषणा गरेको हो ।
जसअनुसार ५ वर्षमा श्रमिकको मासिक न्यनतम ज्याला २५ हजार रुपैयाँ बनाउने एमालेको प्रतिबद्धता छ । घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ ।
घोषणापत्रमा एमालेले अबको पाँच वर्ष गर्ने कामबारे ग्यारेन्टी दिएको छ । जसमा सडक मान्छे नहुने, सबै नेपालीको घर हुने देिख पाँच वर्षमा २५ लाखलाई रोजगारी दिनेसम्म उल्लेख छ ।
घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रष्ट्याउने प्रयास गरिएको बताइएको छ ।