Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

पाँच वर्षमा ६० लाखलाई सामाजिक सुरक्षा भत्ता दिने एमालेको घोषणा

काठमाडौं । नेकपा (एमाले) ले सबै प्रकारका भत्ता वृद्धि गर्ने र आगामी ५ वर्षमा ६० लाखलाई सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरेको छ ।

आउँदो मंसिर ४ का लागि एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सार्वजनिक गरेको चुनावी घोषणापत्रमा ७५ प्रतिशतलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेट्ने जनाएको छ ।

मंसिर ४ गते हुने आम निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै आर्थिक वृद्धिका आधारमा सबै प्रकारका भत्ता वृद्धि गर्ने उल्लेख गरिएको छ ।

एमालेले परम्परागतभन्दा फरक तरिकाले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077