Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमालेको घोषणापत्र : यस्ता छन् ग्यारेन्टीसहितका २० लोकप्रिय कार्यक्रम

काठमाडौँ । नेकपा एमालेले आगामी निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ ।

आज मङ्गलवार दिउँसो काठमाण्डौको याक एन्ड यती होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आउँदो चुनावका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् ।

एमाले विगतका प्रतिबद्धता पूरा भएनन् भन्ने प्रश्न उठेको भन्दै आगामी निर्वाचन जितेपछि गर्ने २० कामको ग्यारेन्टी गरेको छ ।

घोषणापत्रमा एमालेले चार वटा संकल्प पनि समावेश गरेको छ । चार संकल्पमा सुशासन, विकास, समृद्धि र समानता रहेका छन् ।

एमालेको सरकार बनेको अबस्थामा ती २० ग्यारेन्टीलाई प्राथमिकता दिएर काम गर्ने एमालेले बताएको छ । जसमा ‘पाँच वर्षः एमालेले गर्छ’ भनेर नारा अघि सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077