Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चर्चित अमेरिकी र्‍यापर टेकअफको गोली हानी हत्या

एजेन्सी । चर्चित अमेरिकी र्‍यापर टेकअफको गोली प्रहारबाट हत्या भएको छ ।

टेक्ससको ह्युस्टनमा भएको पार्टीमा सहभागी टेकअफको अज्ञात समूहले राति गोली हानी हत्या गरेको हो ।

गोली प्रहार हुनुभन्दा केही घण्टाअघि मात्रै टेकअफले सामाजिक सञ्जालमा सेल्फी पोस्ट गरेका थिए।

२८ वर्षीय टेकअफको वास्तविक नाम कर्स्निक खारी बल हो। उनी सांगीतिक समूह मिगोसका सबैभन्दा कान्छा सदस्य हुन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077