Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मानव अधिकार आयोगद्वारा कालीकोट बम विस्फोट घटनाको अनुगमन सुरु

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कालीकोटमा भएको बम विष्फोट घटनाको स्थलगत अनुगमन गर्न टोली पठाई अनुगमन सुरू गरेको छ।

कालीकोट तिलागुफा नगरपालिका–१० मा यही कात्तिक १२ गते बम विष्फोटमा परी दुई बालिकाको मृत्यु भएको थियो भने तीन जना बालबालिका घाइते भएका थिए।

घटना सम्बन्धमा सम्बन्धित निकायमा पत्राचार गरी अनुगमन सुरू गरेको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए।

आयोगले यस्ता प्रकारका घटना विगतदेखि नै भइरहेको सन्दर्भमा यस्ता घटनालाई संवेदनशील रूपमा लिई घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ।

आयोगले घटनाका पीडितलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न, घाइते बालबालिकाको निःशुल्क र प्रभावकारी स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।

यस प्रकारका घटना नदोहोरिने वातावरणको सुनिश्चितता गर्न तथा व्यक्तिको जीवनको अधिकार संरक्षण गर्ने गराउने कार्यमा संवेदनशील हुन आयोगले सरकार र सम्बद्ध निकायलाई आग्रह पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077