Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गृह जिल्लामा चुनावी प्रचारमा सहभागी हुन प्रधानमन्त्री देउवा सुदूरपश्चिम आउँदै

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवा आज सुदूरपश्चिम आउने भएका छन् ।

नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा आज नेपाली सेनाको हेलीकोप्टरमार्फत धनगढी आउन लागेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयकाअनुसार देउवा सवार हेलीकोप्टर बोराडाँडीस्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गर्नेछ भने त्यहाँबाट उनी राष्ट्र बैँकको निवास जानेछन्।

बिहीबारदेखि चार दिन उनी आफ्नो गृह जिल्ला डडेल्धुरामा चुनावी प्रचारमा सहभागी हुने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077