Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भोट माग्दै एमाले उपाध्यक्ष अष्टलक्ष्मीको घर पुगिन् मानुषी

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर-७ की प्रतिनिधि सभा सदस्य उम्मेदवार मानुषी यमी भट्टराईले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसँग भोट र आशीर्वाद मागेकी छन् ।

मानुषीले बुधबार बिहान नेता शाक्यको काठमाडौं-७ स्थित निजी निवासमा पुगेर भोट र आशीर्वाद मागेकी हुन् ।

सत्ता गठबन्धनका सहयोगमा उनी माओवादीको चुनाव चिह्न हँसिया हथौडा लिएर चुनाव लड्दैछिन् ।

मानुषीसँगको भेटमा अष्टलक्ष्मीले अहिले आफूहरूको बाटो अलग-अलग भए पनि नमिली सुखै नभएको बताइन् ।

मानुषीले पनि अष्टलक्ष्मी प्रेरणाको स्रोत र अग्रज नेता भएको भन्दै उनले सुशासन र समृद्धिको बाटोमा अगाडि बढ्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077