Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लालीगुराँस सहकारीले गरेन बचतकर्ताको रकम फिर्ता, काउन्टर नै बन्द

काठमाडौं । बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीले मुख्य कार्यालयको काउन्टर नै बन्द गरेको छ ।

दशैं, तिहार र छठ लगायत पर्व अघि नै बचत फिर्ता माग्न पुगेका बचतकर्ताहरुलाई छठपछि मात्रै रकम फिर्ता दिने भनेको भए पनि अहिले काउन्टर बन्द गरेको हो ।

छठ सकिएको दुई वितेपछि आज मंगलबार पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय पुगेका दर्जनौँ बचतकर्ताहरुलाई फिर्ता पठाएको छ ।

सहकारीका प्रमुख कार्यकारी निर्देशक तथा सिइओ सुरेन्द्र भण्डारीले सहकारी टाट पल्टिएपछि विभिन्न क्षेत्रमा रहेको सहकारीको सम्पत्ति विक्रीमा राखेका छन् ।

केही सम्पत्ति विक्री भएपनि बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने अवस्थामा पुगेपछि उनी समेत सेवाग्राहीबाट सम्पर्क विहिन भएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077