Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्ड भन्छन् - संविधानमा संरचनागत सुधार गर्न आवश्यक छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले लामो संघर्षपछि बनेको संविधानको संरक्षण गर्ने मुख्य जिम्मेवारी माओवादी केन्द्रकै भएको बताएका छन् ।

माओवादी गोरखा-काठमाडौं सम्पर्क मञ्चको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने, ‘संविधानका कयौँ प्रावधान छन् । त्यसका कारण हामीले राजनीतिक स्थिरता पनि कायम गर्न नसक्ने, भ्रष्टाचार नियन्त्रण गर्न पनि नसक्ने

अनि जनतालाई सर्वसुलभ हुने किसिमको निर्वाचन प्रणाली नहुँदा श्रमजीवि वर्ग निर्वाचनमा प्रतिस्पर्धा गर्न पनि नसक्ने यस्ता कयौँ कुराहरु छन् ।’

उनले संविधानमा संरचनागत सुधार गर्न आवश्यक भएको बताए । उनले संविधान परिमार्जन र रक्षाको सबैभन्दा बढी जिम्मेवारी माओवादीकै बढी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077