Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

आर्थिक समृद्धि​का लागि नयाँ क्रान्तिको खाँचो छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आर्थिक समृद्धि​को लागि नयाँ क्रान्तिको खाँचो भएको बताएका छन् ।

गोरखा काठमाडौं सम्पर्क समन्वय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले परिवर्तनको बहाक माओवादी भएकाले समृद्धि​को समेत नेतृत्व गर्नुपर्ने बताए ।

प्रचण्डले भने, ‘आर्थिक समृद्धि​को निम्ति नयाँ क्रान्तिको खाँचो छ । त्यो क्रान्ति हिजोको जस्तो हुने छैन । शान्तिपूर्ण र प्रतिस्पर्धाको बाटोबाट आफैले प्रयोग गरेर बाटो खनेर अघि बढ्नुपर्ने छ।’

आर्थिक समृद्धि​को नेतृत्व गरेपछि मात्रै सहिद तथा बेपत्ताको रगत र पसिनाको योगदानको सिद्ध हुने प्रचण्डले बताए ।

प्रचण्डले आफूहरूले आर्थिक समृद्धि​को नेतृत्व नगरेमा सबै परिवर्तनका एजेण्डा उल्टिने अवस्था रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077