Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रचण्डले भने - निर्वाचन आयोगले मलाई ‘माइक्रोस्कोप’ लगाएर हेरिरहेको छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगले आफुलाई ‘माइक्रोस्कोप’ लगाएर हेरिरहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्र गोरखा–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

मनोनयन दर्ताको दिन जनताले स्वत स्फूर्त रुपमा नौमती बाजा बजाएर स्वागत गरेको विषयमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेको र जवाफ लेख्दा पनि चित्त नबुझाएको भन्दै आयोगको कामप्रति प्रचण्डले टिप्पणी गरेका हुन् ।

प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, ‘निर्वाचन आयोग प्रचण्डले के गर्दैछ भनेर माइक्रोस्कोप लगाएर हेरिरहेको छ । मनोनयन दर्ता गर्ने बेलामा जनता स्वत स्फूर्त रुपमा गाजाबाजा लिएर आए ।

त्यो विषयमा मलाई थाहा थिएन । तर, त्यसै विषयमा आयोगले स्पष्टीकरण सोध्यो । मैले जवाफ लेखेको थिए । चित्त बुझ्दो जवाफ भएन रे । त्यो बाजा कहाँबाट आयोग भनेर पत्ता लगाउन निर्देशन दिएको छ रे ।’

प्रचण्डले आफू गोरखा जानु गोरखाली जनताका लागि खुसीको विषय मात्र नरहेर चुनौतीको विषय समेत भएको बताए । आफूसँगै आफ्ना विरोधहरू पनि गोरखा पुगेको भन्दै गोरखाली जनतालाई चुनौती रहेको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले आफू गोरखा पुगेसँगै सुरक्षा चुनौती थपिएको भन्दै गोरखाली जनतासँग नेतृत्वको रक्षा गर्न आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077