Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गस्ती जाँदा भीरबाट खसेर म्यादी प्रहरीको मृत्यु

धादिङ । धादिङमा गस्तीमा गएका म्यादी प्रहरीको मृत्यु भएको छ।

त्रिपुरासुन्दरी गाउँपालिका-१ सल्यानटारमा कार्यरत २१ वर्षीया भवानी खकुरेलको मृत्यु भएको हो।

त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ की २१ वर्षीया भवानी मङ्गलवार प्रहरीसँगै गस्ती जाँदा भिरबाट लडेर घाइते भएकी थिइन् ।

बाटो छेउमा माटो भाँसिएर चिप्लिएपछि उनी अन्दाजी ५५ मिटर तल खसेकी थिइन् । उनको टाउकोमा समेत चोट लागेको थियो।

उनलाई उपचारका लागि न्युरो अस्पताल लगिएकोमा त्यहीँ नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077