Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

प्रदेश तथा प्रतिनिधिसभा चुनाव बहिस्कारको पोष्टर टाँस्ने दुईजना पक्राउ

मोरङ । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन बहिस्कारको पोष्टर टाँस्दै हिडेका दुईजना पक्राउ परेका छन् ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य बिमल निरौला र सोही पार्टी निकट विद्यार्थी संगठनका सचिव महेश श्रेष्ठलाई प्रहरीले बुधबार मोरङको बेलबारीबाट गिरफ्तार गरेको हो ।

आचार संहिताविपरीत कार्य गरेका कारण पक्राउपछि सम्झाएर उनीहरुलाई छाडिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोहन वैद्य नेतृत्वको पार्टीले देशभर निर्वाचन बहिस्कार अभियान सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077