Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेयर बालेन भन्छन् - जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुङ्गो लगाउन हुँदैन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुङ्गो लगाउन नहुने बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित 'काठमाडौं महानगरपालिका, वडा महिला सञ्जालः गठन र सञ्चालनसम्बन्धी छलफल' कार्यक्रममा बोल्दै मेयर शाहले यस्तो बताएका हुन् ।

उनले जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुङ्गो लगाउन नहुने बताए । जघन्य अपराधका घटनालाई अदालतमा गएर न्याय निरूपण गराउन भ्रष्ट आचरण भएकाहरूले अवरोध पुर्‍याउने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने उनको भनाई छ ।

मेयर शाहले स्थानीय सरकारलाई बलियो बनाउन सकेमात्रै महिला हिंसालगायतका जघन्य अपराधका घटनालाई निष्तेज पार्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077