Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जुम्लामा सेनाको हेलिकोप्टरबाट मतपत्र ओसारिँदै

जुम्ला । जुम्लामा नेपाली सेनाको हेलिकोप्टरमा मतपत्र ओसार्न थालिएको छ ।

निर्वाचन आयोगले हेलिकप्टरबाट मतपत्र सुर्खेतबाट जुम्ला ओसार्न थालेको हो ।

नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाका अनुसार आज बुधवार दुई पटक नेपाली सेनाको ९एनए ०५५ ईसीयू (इक्वेरल) हेलिकप्टरले मतपत्र ओसारेको जानकारी दिए ।

उनका अनुसार कर्णाली राजमार्गमा सडक बिग्रेकाले हेलिकप्टरमा मतपत्र ल्याउनु परेको हो । काठमाण्डौबाट सुर्खेतमा गाडीमा आएको मतपत्र सुर्खेतबाट हेलिकप्टरमा जुम्ला ओसार्न थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077