Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गोरखामा सत्ता गठबन्धनका उम्मेदवारको जित सुनिश्चित छ : नारायणकाजी श्रेष्ठ

गोरखा । नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले गोरखामा सत्ता गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको दाबी गरेका छन् ।

आज लैनचौरमा भएको कार्यक्रममा बोल्दै श्रेष्ठले सो कुरा बताएका हुन् । उनले असाधारण मत संख्याले सत्ता गठबन्धनका उम्मेदवारले चुनाव जित्नुपर्ने बताएका छन् ।

गोरखाका कांग्रेस र माओवादी प्रतिस्पर्धी शक्ति भए पनि यो चुनावमा एकै गठबन्धनमा रहेकोले सत्ता गठबन्धनका उम्मेदवारले असाधारण मत संख्याले चुनाव जित्नुपर्ने उनको भनाई छ ।

गोरखा १ मा नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाई र २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता गठबन्धनबाट प्रतिनिधि सभा उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077