काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धकालमा पीडित भएका कांग्रेस कार्यकर्ताका पीडित परिवारलाई आफूले भेट्न चाहेको बताएका छन् ।
काठमाडौंमा आयोजित वाम लोकतान्त्रिक गठबन्धन प्रतिनिधि तथा प्रदेशसभा उम्मेद्वारहरुको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
प्रचण्डले भने, ‘मैले सुरेन्द्र पाण्डेजी, राजेन्द्र बजगाईँ र कमला पन्तसँग पनि भनेको छु ।
माओवादी आन्दोलनका क्रममा पीडामा परेका कांग्रेसका परिवार, क्षति भोगेका र ठूलो पीडामा परेकालाई भेटेर मल्हमपट्टी लगाउन चाहन्छु ।
ती परिवारलाई भेटेर शान्ति प्रक्रियाको महत्व बुझाउनेछु र गिरिजाबाबुसमेतको भावनालाई कदर गर्दै म उहाँहरूसँग कुरा गर्छु ।’
प्रचण्डले जनयुद्धका क्रममा माओवादीको तर्फबाट पीडामा परेका तथा क्षति भोगका परिवारलाई भेटेर मल्हमपट्टी लगाउन चाहेको बताए ।