Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

समृद्धिको दिशामा फड्को मार्नु आजको आवश्यक्ता हो : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपाली समाजको आवश्यकता र अपेक्षाअनुसार गुणात्मक फड्को मार्न नसकिएको बताएका छन् ।

बिहीबार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरूको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाली समाजको आवश्यकता, अपेक्षा र नेपालको संविधान र परिवर्तन निर्देशअनुसार गुणात्मक फड्को मार्न नसकेको बताए ।

राजनीतिक परिवर्तनलाई राजनीतिक परिवर्तनमा मात्रै सीमित नराखेर सामाजिक, आर्थिक रुपान्तरणको क्षेत्रमा विस्तारित गर्ने, सामाजिक न्यायसहितको समृद्ध मुलुक बनाउने र आम जनतालाई समृद्ध बनाउने गरी काम गर्न आवश्यक रहेको उनको भनाई छ ।

श्रेष्ठले शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्न बाँकी रहेको उल्लेख गर्दै राजनीतिक प्रक्रिया पूरा गरे पनि द्वन्द्वपीडितलाई न्याय दिने, राष्ट्रिय मेलमिलाप कायम गर्न ठोस भूमिका खेल्ने र दिगो शान्तिको स्थापनाको काम बाँकी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077