Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसास्सिएर एक जनाको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका-४ मा रहेको कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसास्सिएर बिहीबार दिउँसो एक जनाको मृत्यु भएको छ।

रामजानकी कोल्ड स्टोरमा मिस्त्रीको काम गर्दै आएका विराटनगर-५ का ५४ वर्षीय रौदी चौधरीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार कोल्ड स्टोरभित्र ग्यास लिक हुँदा निसास्सिएर चौधरी बेहोस भएका थिए।

अचेत अवस्थामा भेटिएका उनलाई स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेर उपचारका लागि साढे १ बजेतिर विराट नर्सिङ होम एवं विराटनगर अस्पताल पुर्‍याएको थियो। उपचारका क्रममा २ बजेतिर चिकित्सकले मृत घोषित गरेको डीएसपी श्रेष्ठले बताए।

स्थानीयका अनुसार चौधरी कोल्ड स्टोरभित्र काम गरिरहेका थिए। त्यही बेला एक्कासि ग्यास लिक भएको थियो। बाहिर निस्कन नपाउँदै उनी बेहोस भएर ढलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077